PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सञ्चारकर्मीको इम्युनिटी पावर बढाउन पत्रकार महासंघले भोलिदेखि योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने



पहिलोपोस्ट

सञ्चारकर्मीको इम्युनिटी पावर बढाउन पत्रकार महासंघले भोलिदेखि योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं: नेपाल पत्रकार महासंघले सञ्चारकर्मीका योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने भएको छ।

महासंघमा महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरेर भोलि बुधवारदेखि सञ्चालन हुने योगाभ्यास कार्यक्रममा सहभागिताका लागि देशभरका सञ्चारकर्मीलाई अपिल गरेका छन्।

कोभिड १९ संक्रमण बढिरहँदा सञ्चारकर्ममा सक्रिय भइराख्नुपर्ने पेशा भएकाले पत्रकारहरु कोरोनाको जोखिममा रहेको र कोरोना कहिलेसम्म रहने, कस्तो भेरियन्टमा आउने, कति वर्षसम्म यसको असर रहने यकिन नभइसकेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउन योगाभ्यास कार्यक्रम सञ्चालन गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डसँगै शारीरिक व्यायाम, स्वस्थ खानपान, योग प्राणायामले शरीरलाई स्वस्थ राख्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाव भएकाले पतंजलि योग समितिद्वारा सञ्चालित योग चौतारीमा देशभरका पत्रकारका लागि जूममार्फत वैशाख २२ देखि पत्रकारका लागि योगाभ्यास तथा सत्संग कार्यक्रम सञ्चालन गर्न लागेकाले इच्छुक पत्रकारलाई महासंघले विज्ञप्तिमार्फत अपिल गरेको छ।

महासंघका अनुसार सहभागी हुन चाहनेले हरेक दिन विहान साढे ४ बने जुन माध्यमबाट प्रवेश भइसक्नुपर्ने र ६ बजेसम्म सक्रिय सहभागिता हुनुपर्नेछ। सहभागीसँग समन्वयका लागि महासंघले पत्रकार तथा योग शिक्षक गणेशदत्त (जी) भट्टलाई जिम्मेवारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell