PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पर्सामा थपियो निषेधाज्ञा, वैशाख ३० सम्म लम्बिने



पहिलोपोस्ट

पर्सामा थपियो निषेधाज्ञा, वैशाख ३० सम्म लम्बिने

वीरगंज : पर्सामा अगामी वैशाख ३० गते सम्म निषेधाज्ञा लम्बिएको छ।

जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मको निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो।

वीरगंजस्थित नारायणी अस्पतालका बेडहरु संक्रमितले भरिएका छन्। बेड नपाएर अधिकांश संक्रमित होम आइसोलेसनमै बसिरहेका छन्। पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने दैनिक सरदर १ सय देखि १५० दिनहुँ थपिरहेका छन्।

घरघरै संक्रमित बढेपछि निषेधाज्ञा लगाएर महामारी नियन्त्रण गर्ने प्रयास गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell