PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिन नेपाली कलाकारले गर्न थाले सहयोग



पहिलोपोस्ट

कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिन नेपाली कलाकारले गर्न थाले सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै प्रत्येक दिन लाखौ संक्रमित र मृत्युदर बढिरहेको छ। बिरामीहरूको संख्या अत्याधिक बढ्नाले देशको स्वास्थ्य प्रणाली निकै कमजोर भएको छ। यस्तो अवस्थामा बलिउड कलाकारहरुले सहयोगी हात अगाडि बढाइरहेका छन्। अक्षय कुमार, अजय देवगन, सोनु सुद, आलिया भट्ट, प्रियंका चोपडा लगायतका सेलिब्रेटीहरु सहयोगका लागि अघि आएका छन्।

नेपालमा पनि कोरोनाको दोस्रो लहरले कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकालगायत देशका कतिपय जिल्लामा निषेधाज्ञा समेत लगाइएको छ। वैशाख १७ गते स्वास्थ्य मन्त्रालयले समेत स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जानकारी दिइसकेको छ।

अवस्था बिग्रिँदै गएपछि नेपाली कलाकारहरुले पनि कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न थालेका छन्। नायक पल शाहले कोरोना संक्रमित बिरामीका लागि सहयोगी हात अगाडि बढाएका छन्। शाहले अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गरेका छन्।

उनले सोमबार फेसबुकमा स्टाट्समा लेखेका छन्, 'आर्थिक अभावको कारण अक्सिजन नपाएर कुनै पनि निम्न वर्गका नेपालीहरुले ज्यान गुमाउन नपरोस् भनेर नि:शुल्क अक्सिजन सेवाका लागि हामी तयारीमा छौं। यो विषम परिस्थितिमा निम्नस्तरका व्यक्तिले उपचार नपाएर अनि खानाको अभावमा बेवारिसे भएर मर्न नपरोस् भन्ने उद्देशले हामी सदैब हजुरहरुकै सेवामा छौ।'

त्यसको भोलिपल्ट आज उनले भक्तपुर अस्पतालमा कोभिड १९ संक्रमितलाई अक्सिजन अभावमा उपचारमा समस्या भएपछि 'हाम्रो टिम नेपाल'मार्फत ले २३ ओटा ठूलो अक्सिजन सिलिन्डर नि:शुल्क प्रदान गरेका छन्। यसअघि लकडाउनमा पनि पल सक्रिय रुपमा सहयोग गर्न सडकमा ओर्लिएका थिए।

त्यसैगरी सर्वसाधारणको सेवाका लागि भन्दै हाँस्य कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) टिमले पनि अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।

जसमा नायक निखिल उप्रेती, क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्वआईजीपी सर्वेन्द्र खनाल, डा. सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधानलगायत संलग्न छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell