PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

[अपडेट] बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो



एम बम

[अपडेट] बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

कैलाली : बैतडीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका चालक तेजबहादुर बोहराको उपचारका लागि सदमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना भएको हो। दुर्घटनामा अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन्।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्बरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले बताए। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको खड्काले बताए।

सोमवार चट्याङ लागेर बैतडीमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको थियो। उनकै शव पोस्टमार्टमका लागि अस्पताल ल्याउँदै गर्दा से १ ज १२३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell