PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एकै दिन सबैभन्दा बढी कोरोना संक्रमित पहिचान : ७ हजार ५८७ जनामा संक्रमण, ५५ जनाको मृत्यु



पहिलोपोस्ट

एकै दिन सबैभन्दा बढी कोरोना संक्रमित पहिचान : ७ हजार ५८७ जनामा संक्रमण, ५५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ५८७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यो हालसम्म नेपालमा एकै दिन पहिचान भएको संक्रमितको संख्या मध्ये सबैभन्दा धेरै हो। सोमवार ७ हजार ४४८ जनामा संक्रमण देखिएको थियो।

यस्तै, एकैदिन ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालभर अहिले ५९ हजार ७९८ सक्रिय कोरोना संक्रमित रहेका छन्। हालसम्म देशभर ३ लाख ५१ हजार ५ जनामा संक्रमण पुष्टि हुँदा ३ हजार ४१७ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell