PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

यस्तो छ कंगनाको ट्विटर अकाउन्ड सस्पेन्ड हुनुको कारण



पहिलोपोस्ट

यस्तो छ कंगनाको ट्विटर अकाउन्ड सस्पेन्ड हुनुको कारण
Photo: indianexpress.com

ट्विटरले अभिनेत्री कंगना रनौतको अकाउन्ट सस्पेन्ड गरेको छ। पश्चिम बंगालमा भएको हिंसाप्रति मंगलवार कंगनाले आफ्नो विचार व्यक्त गरेकी थिइन्। उनको अकाउन्टमा तीस लाख बढी फलोअर रहेको थियो।

सोही समयमा केन्द्र सरकारले बंगालमा राष्ट्रपति शासनको माग गरेको थियो। उनले भाजपाकी महिला नेतृको फोटो सेयर गर्दैँ टीएमसीका मानिसहरूले उनलाई सामूहिक बलात्कार गरेको दावी गरेकी थिइन्।

कंगानाले बंगाल चुनावपछि भएको हिंसाबारे ट्वीटमा ममता बनर्जीलाई ताडकासँग तुलना गरेकी थिइन्।

ट्विटरले हिंसात्मक र उत्तेजित ट्विटमाथि बन्देश लगाउने गर्छ। कंगनाले ट्विटरको नियम तोडेको भनि मंगलवार अकाउन्ट सस्पेन्ड भएको हो। पटकपटक नियम तोडेको भन्दै कंगनाको अकाउन सधैका लागि सस्पेन्ड गरिएको ट्विटरका प्रवक्ताले जनाएको भारतीय मिडियाले लेखेका छन्।

साथै बंगालमा कंगनाविरुद्ध मुद्दा समेत दर्ता भएको छ। कोलकाताका पुलिस आयुक्त सौमेन मित्रालाई वकिल सुमित चौधरीले एक इमेल पठाएका छन्। कंगनाले बंगालका जनतालाई निरन्तर अपमान गरेको र त्यहाँका जनताको भावनामा चोट पुर्यााएको भनि सुमितले आरोप लगाएका छन्। उनलाई बंगालका जनतालाई भड्काएको पनि आरोप लागेको छ।

पहिले पनि कंगनाको ट्विटर अकाउन्ट निलम्बित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell