PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रुपन्देहीमा आज ७९७ कोरोना संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा आज ७९७ कोरोना संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु

बुटवल : रुपन्देहीमा निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ। निषेधाज्ञालाई कडा बनाएको दावी गरेपनि रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिएका हुन।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरमा मात्र ३३२ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै, तिलोत्तमामा १५८ जना, सिद्धार्थनगरमा १०८ जना, देवदहमा ४२ जना, सुद्धोधनमा ५७ जना र सैनामैनामा ३५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरि, ओमसतियामा २२ जना, रोहिणीमा १९ जना, सियारीमा ८ जना, कञ्चनमा ६ जना, मायादेबीमा ५ जना, गैडहवामा ३ जना र मर्चवारी र लुम्बिनी सांस्कृतिक नगरमा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २२२ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्केका छन्। जिल्लामा १५७ जना लक्षणसहितको संक्रमितहरुले अस्पताल तथा आइसोलेसनमा उपचार गराइरहेका छन् भने ४५१९ जना होम आइसोलेसनमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell