PahiloPost

May 15, 2026 | १ जेठ २०८३

एनएसएल : बुटवलमाथि साँघुरो जित निकाल्दै काठमाडौं शीर्ष तीनमा

एनएसएल : बुटवलमाथि साँघुरो जित निकाल्दै काठमाडौं शीर्ष तीनमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

खेलको निर्णयक गोल काठमाडौंका स्टेफिन बिनोङले गरेका थिए। उनले खेलको पाँचौं मिनेटमै गोल गरेका थिए।

जितसँगै काठमाडौं रेजर्स अंकतालिकाको शीर्ष तीनमा उक्लिएको छ। तालिकाको शीर्ष तीनमा रहेको विराटनगर सिटी एफसी, धनगढी एफसी र काठमाडौं रेजर्सको समान ७ अंक छ। तीनै टिमले ४ खेलमा २ जित, १ बराबरी र १ हार ब्यहोर्दै ७ अंक जोडेका हुन्। पराजयसँगै शीर्षस्थानमा उक्लने अवसर बुटवलले गुमाएको छ। जारी प्रतियोगितामा बुटवलले यो पहिलो पराजय हो।



ट्रेन्डिङ पोस्ट

Ncell