PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ३ मन्त्री



पहिलोपोस्ट

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ३ मन्त्री

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलवार केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर समेत गरिएको छ।

प्रदेश सरकार पुनर्गठन भएपछि तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएको हो। जस अन्तर्गत रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन् भने अर्घाखाँचीका चेतनारायण आचार्यले आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री पोखरेलले धर्मबहादुर लाल श्रीवास्तबलाई पनि मन्त्री बनाएका छन्। उनलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी पोखरेलको पक्षमा फर्किएका थिए।

योसँगै लुम्बिनी प्रदेशमा मन्त्रीको संख्या १० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell