PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

क्योकुसिनको पहिलो ब्याचका खेलाडी बज्राचार्यको कोरोनाका कारण निधन



पहिलोपोस्ट

क्योकुसिनको पहिलो ब्याचका खेलाडी बज्राचार्यको कोरोनाका कारण निधन

काठमाडौं : क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको मंगलवार निधन भएको छ। उनको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो।

गत १६ गते कोरोना संक्रमित भएपछि बज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यस्थिति खराब भएपछि गत १९ गते बज्राचार्यलाई थप उपचारका लागि नेपाल एपीएफ अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएको क्योकुसिनका पूर्व खेलाडी समेत रहेका ग्वान्झाव एसियाडमा नेपाललाई एक मात्र पदक (काँस्य) दिलाएका बक्सिङका दीपक महर्जनले जनाएका छन्।

बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए। इन्डोसिनामा उनले काँस्य पदक जितेको क्योकुसिन करातेका संस्थापक जगतप्रदान गौचनले जनाएका छन्। २०३९ सालदेखि क्योकुसिन कराते खेल्न थालेका बज्राचार्य २ पटक आफ्नो तौलसमूहमा राष्ट्रिय च्याम्पियन बनेका थिए।

नेपाल फुल कन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्ष बज्राचार्यको २०१२ साल बैशाख २६ गते ललितपुरको सातदोबाटोमा जन्म भएको थियो। बज्राचार्यका श्रीमती, १ छोरा र २ छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell