PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पीएसजीलाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा, महरेजको दोहोरो गोल



पहिलोपोस्ट

पीएसजीलाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा, महरेजको दोहोरो गोल
Photo:UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न सेमिफाइनल अन्तर्गतको दोस्रो लेगको खेलमा म्यानचेस्टर सिटीले पीएसजीमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा इङ्ग्लिस क्लब सिटीले फ्रेन्च क्लब पीएसजीमाथि २-० ले हराएसँगै समग्रमा ४-१ ले जित निकाल्दै सिटी फाइनलमा प्रवेश गरेको हो।

सिटीको जितमा दुवै गोल रियाद महरेजले गरेको थिए। खेलको ११ औं मिनेटमै सिटीलाई अग्रता दिलाएका महरेजले दोस्रो गोल ६३ औं मिनेटमा फिल फोडेको पासमा गरेका थिए। त्यस्तै खेलको ६९ औं मिनेटमा पीएसजीका एन्जेल डी मारिया रेड कार्ड खाँदै बाहिरिएका थिए।

पहिलो लेगअन्तर्गतको खेलमा सिटीले २-१ गोलअन्तरले जित निकालेको थियो। स्टार खेलाडी किलियन एम्बाप्पे चोटका कारण बेञ्चमै बस्नु पीएसजीका लागि महँगो पर्न गयो।

सिटीको यो पहिलो च्याम्पियन्स लिगको फाइनल यात्रा हो। यो सँगै सिटी च्याम्पियन्स लिगको फाइनलमा पुग्ने नवौ इङ्ग्लिस टीम बनेको छ।

फाइनल पुग्ने अर्को टोलीको टुंगो भरे राति हुने खेलबाट तय हुनेछ। भरेराति हुने खेलमा स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सी भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell