PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

देशभर बढ्दो कोरोना संक्रमण, ५२ जिल्लामा निषेधाज्ञा



पहिलोपोस्ट

देशभर बढ्दो कोरोना संक्रमण, ५२ जिल्लामा निषेधाज्ञा

काठमाडौं : निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको सङ्ख्या ५२ पुगेको छ।

बुधवार बिहान १० बजेसम्म ५२ वटा जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै ९ जिल्लामा जारी निषेधाज्ञा थप गरिएको छ। काठमाडौं उपत्यकाभित्र पनि १६ गते बिहानबाट जारी निषेधाज्ञामा एक साता थप गरेर बैशाख २९ गतेसम्म पुर्‍याइएको छ।

देशभर फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनहरुले जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा गर्ने क्रम जारी राखेका छन्। अहिले काठमाडौंदेखि रोल्पासम्म निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयलका अनुसार मंगलवार १० बजेसम्म ४६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको थियो।

पछिल्लो समय म्याग्दी, मुगु, तनहँ, बारा, सिरहा र नवलपरासी पश्चिममा निषेधाज्ञा जारी भएको हो।

दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङ्मा भने केही स्थानहरुमा मात्र निषेधाज्ञा जारी भएको थियो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको अनुसार २२ जिल्लामा संक्रमतिको सङ्ख्या धेरै भएकाले अति प्रभावित जिल्ला घोषणा गरिएको छ। पछिल्लो केहि दिनयता देशभर कोरोना संक्रमितको सङख्या ७ हजार नाघेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell