PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मृत्यु हुनेको सूचीमा थपिए कैलालीका थप चार जना संक्रमित



पहिलोपोस्ट

मृत्यु हुनेको सूचीमा थपिए कैलालीका थप चार जना संक्रमित
फाइल फोटो

धनगढी : कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ७२ वर्षीय पुरुष र वडा नम्बर ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

दम सम्बन्धी समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार राति ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५८ वर्षीय पुरुषको मंगलबार नै साँझ ७ बजे मृत्यु भएको हो । 

यस्तै, कैलालीको गौरीगंगा नगरपालिका -१ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका -१ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell