PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आफै संक्रमित हुँदा पाएनन् बेड, अनि होटललाई नै बनाए आइसोलेसन, बस्न थाले संक्रमित

आफै संक्रमित हुँदा पाएनन् बेड, अनि होटललाई नै बनाए आइसोलेसन, बस्न थाले संक्रमित

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : दुई साता अघि व्यवसायी राजेन्द्र अम्गाईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भयो। अहिले देखिएको संक्रमण पहिला भन्दा फरक र गम्भीर भएकाले अस्पतालको खोजी उनका लागि स्वभाविक बन्यो। त्यहाँ सुरक्षित हुने अपेक्षा थियो। त्यसैले दुईचार ठाउँमा फोन पनि लगाए। तर, कतै पनि बेड पाइएन। मिलोस् पनि कसरी? यतिखेर अस्पतालमा बेड पाउन कि कोही ठीक भएर निस्किनुपर्छ या मृत्यु भएर बाहिरिनुपर्छ। केही उपाय नलागेपछि घरमै 'आइसोलेट' भए उनी। 

अमागाई होटल व्यवसायी हुन्। ठमेलमा होटल टिम्बर हाउस संचालन गर्दै आएका उनी आफैँ संक्रमित भएर अस्पतालमा बेड नपाएपछि हच्किए। घरमा बस्न नसक्ने र मापदण्ड अनुसार आइसोलेट हुनै पर्नेहरुलाई समस्या पर्नेसक्छ भन्ने बुझे उनले। त्यसैले आफ्नै होटललाई आइसोलसनमा रुपन्तरण गर्ने निर्णय गरे।

पीपीई लगाएरै सेवा


हाल उनको होटल आइसोलेसनमा करिब ७ जना विदेशी बस्दै आएका छन्। मंगलवारबाट विदेशबाट आएकाहरु उनको होटलको आइसोलेसनमा पुगेका हुन्। उनका अनुसार होटलमा २० वटा कोठा छन्। २० वटा रुममा ३५ बेडलाई आइसोलेसनका रुपमा प्रयोग गर्ने गरि तयार गरिएको छ। 

हाल निजी अस्पतालमा कोभिड संक्रमितको उपचारमा महँगो शुल्क तोकिएकोमा चौतर्फी आलोचना भइरहेको छ। अमागाईले भने आफ्नो होटल आइसोलेसनको शुल्क मध्यम रहेको दावी गरे। दिनको चार पटक खाना-खाजा गरि ५ देखि ७ हजार एउटा कोठाको शुल्क रहेको उनले बताए। 
दुई वर्ष अघिमात्रै उनले ठमेलमा होटल संचालनमा ल्याएका थिए। तर, संचालनको केही समयमा नै कोरोना संक्रमण फैलिन सुरु भयो र सरकारले लकडाउन गर्‍यो।

'लकडाउन अन्त्य भएपछि केही नर्मल हुँदै थियो। तर, अहिले संक्रमण बढेपछि फेरि होटल बन्द गर्नुपर्ने अवस्था आयो। त्यसैले अब होटललाई नै आइसोलेसन बनाएँ,' उनले भने।

तयार छन् कर्मचारी


लकडाउनकै समयमा यसअघि उनको होटल क्वारेन्टाइनका रुपमा समेत प्रयोगमा ल्याइएको थियो। हाल भने स्वास्थ्य मापदण्ड पालना गर्दै आइसोलेसन नै निर्माण गरिएको हो। 

आइसोलेसनमा बस्नेहरुको स्वास्थ्य सतर्कतालाई ध्यान दिँदै चिकित्सक र नर्सहरुलाई बस्न छुट्टै व्यवस्था गरिएको छ। आइसोलेसनमा बसेकाहरु सबै कोभिड १९ संक्रमित नै हुन्। उनीहरुका लागि आवश्यक उपचारका लागि चिकित्सकहरु चाहिने नै भयो। त्यसैले एउटा रुम चिकित्सकका लागि उनले छुट्याएका छन्। 

'पैसा हुनेहरुलाई भन्दा पनि निम्न वर्ग जसलाई आवश्यक पर्छ उसले अस्पतालमा बेड पाओस् भन्ने मेरो चाहना हो,' उनले भने, 'सक्नेहरुले चाहिँ सरकारी अस्पतालको बेड अकुपाइ नगर्ने हो भने गरिबगुरुवाले बाँच्न पाउँछन्।' 

यस्तो छ तयारी


उनले विदेशबाट आउनेहरु आइसोलेट हुनैपर्ने भएकाले विदेशीहरुलाई पनि सेवा दिने लक्ष्य लिएका छन्। 

आइसोलेसनमा रहेकालाई यसरी पुर्‍याइन्छ खाना/खाजा
डिस्इन्फेक्ट गर्दैको दृष्य
रेस्ट रुममा गरिँदै काम
कफी सर्भ गर्ने पनि पीपीईमै
होटल कि अस्पताल?


ट्रेन्डिङ पोस्ट

Ncell