PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

लुम्बिनी प्रादेशिक अस्पतालमा ४ संक्रमितको मृत्यु



पहिलोपोस्ट

लुम्बिनी प्रादेशिक अस्पतालमा ४ संक्रमितको मृत्यु

बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो ८ घण्टाको अवधिमा ४ संक्रमितको मृत्यु भएको छ। अस्पतालको फिबर क्लिनिकमा उपचाररत तीन जना महिला र एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१२ का ४७ वर्षीय पुरुष, बुटवल-९ की ५४ वर्षीया महिला, कन्चन गाउँपालिका-४की २७ वर्षीय महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell