PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

संसद सचिवालयलाई माओवादीले गरायो सरकारबाट समर्थन फिर्ता लिएको जानकारी



पहिलोपोस्ट

संसद सचिवालयलाई माओवादीले गरायो सरकारबाट समर्थन फिर्ता लिएको जानकारी

काठमाडौं: नेकपा माओवादी केन्द्रले सरकारका समर्थन फिर्ता लिएको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ।

मंगलवार स्थायी कमिटी बैठकबाट समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रले आज संसदलाई जानकारी गराएको हो। सदनलाई जानकारी गराउन प्रमुख सचेतक देव गुरुङ संघीय संसदका महासचिव गोपालनाथ योगीको कार्यकक्षमै पुगेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भइसकेका बेला मंगलवार माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

यसअघि समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले माओवादीलाई पटक पटक चुनौती दिए पनि फेरि संसद विघटन हुनसक्ने खतरा देखेर फिर्ता लिएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell