PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फेरि अस्पताल भर्ना भएका कलाकार मदनकृष्णलाई कस्तो छ?



पहिलोपोस्ट

फेरि अस्पताल भर्ना भएका कलाकार मदनकृष्णलाई कस्तो छ?

काठमाडौं : अस्पतालबाट डिस्चार्ज भएर गइसके पनि स्वास्थ्यमा पुन: समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना भए। अहिले उनको अवस्था कस्तो छ त?

अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ नआएको अर्का कलाकार हरिवंश आचार्यले जानकारी दिए।

'मदन दाइको अक्सिजन लेबल अलि घटेर कमजोरीपना देखिएको थियो। सुरक्षित हुन्छ भनेर उहाँलाई तीन दिनअघि अस्पताल अस्पताल भर्ना गरिएको हो,' आचार्यले भने।

वैशाख ६ गते श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो। मदनकृष्णको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

गत शुक्रवारमात्रै डिस्चार्च भएका मदनकृष्णको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई पुन: मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell