PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

गोल स्कोरमा गोलमाल! जारी सुपर लिगमा सन्तोषको गोल कति?



पहिलोपोस्ट

गोल स्कोरमा गोलमाल! जारी सुपर लिगमा सन्तोषको गोल कति?

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा मंगलवार बेलुकी एउटा पोस्ट आयो जसमा टप गोल स्कोररको सूची थियो। सूचीको पहिलो नम्बरमा छन् धनगढीका ओलावाले अफिज। जारी लिगमा उनले ४ गोल गरेका छन्।

उनको मुनि विराटनगर सिटीका सन्तोष तामाङ। सन्तोषको नाममा ३ गोल लेखिएको छ। त्यसपछि विराटनगर सिटीकै पेड्रो माञ्जी २ गोल र बुटवल लुम्बिनीका लक्ष्मण रुचाल २ गोल गरेको सूचीमा उल्लेख छ। तथ्यांकले सन्तोष सार्वाधिक गोल गर्नेको सूचीमा दोस्रो नम्बरमा देखाउँछ।

तर, यो तथ्यांक बाझिन्छ विराटनगर सिटीकै तथ्यांकसँग। विराटनगर सिटीकै एनएसएलको अफिसियल पेजमा जारी गरिएको पुरानो फाइनल स्कोरलाई हेर्दा सन्तोषले २ गोलमात्र गरेको देखिन्छ।

सन्तोषले कति गोल गरे त?

विराटनगरले पहिलो खेल वैशाख १२ गते धनगढी एफसीसँग खेलेको थियो। जसमा विक्रम धिमालले १५ औं मिनेटमा, अडिलेजा सोमिडेले ५७ औं मिनेटमा र सन्तोष तामाङले ६९ औं मिनेटमा गोल गर्दा विराटनगरले ३-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

दोस्रो खेलमा विराटनगर पोखरासँग १-० गोलअन्तरले पराजित भयो। उक्त खेलमा पोखराका नवयुग श्रेष्ठले मात्र गोल गरे।

तेस्रो खेलमा विराटनगरले बुटवल लुम्बिनीसँग २-२ को बराबरी खेल्यो। जसमा विराटनगरका पेड्रो माञ्जी र सुनिल खड्काले गोल गरे। उता बुटवलका लागि ओमोलजा करिम र लक्षण रुचालले गोल गरे।

त्यस्तै पछिल्लो खेलमा विराटनगरले एफसी चितवनलाई २-० ले हरायो। जसमा पेड्रो माञ्जी र सन्तोष तामाङले गोल गरे। अर्थात सबै एनएसएलकै अफिसियल पेजमा जारी गरेको स्कोर अनुसार पनि सन्तोषले दुई गोल गरे। तर अफिसियल पेजमै जारी गरिएको अर्को विवरणमा पनि ३ गोल देखाउँछ।

अनि अफिसियल पेजमै म्यासेज गरेर प्रश्न गर्दा उत्तर आयो: हामीले भेरिफाइ गर्‍यौं। सन्तोषले ३ गोल नै गरेका हौं।

एनएसएलकै अनुसार बुटवल लुम्बिनीसँग दुई दुईको बराबरी हुँदाको गोल सन्तोष तामाङकै थियो। तर फाइनल स्कोर बोर्डमा सुनिल खड्काको नाम चढ्यो। तर, एनएसएलकै अनुसार त्यहाँ खड्काको टच थिएन र, त्यो गोल तामाङकै नाममा लेखियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell