PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीविरुद्ध झाँक्रीको उद्घोष : हामी त डुब्छौ नै, ...तिमीलाई पनि लिएरै डुब्छौं



पहिलोपोस्ट

ओलीविरुद्ध झाँक्रीको उद्घोष : हामी त डुब्छौ नै, ...तिमीलाई पनि लिएरै डुब्छौं

काठमाडौं : नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाएरै छाड्ने संकेत गरेकी छिन्।

सांकेतिक रुपमा ट्वीट गर्दै झाँक्रीले आफूहरु डुबेर भए पनि ओलीलाई नछाड्ने उद्घोष गरेकी हुन्।

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गर्दा माधव नेपाल समूहले फ्लोर क्रस, ह्वीप उल्लंघन देखि भोटिङ अगाडि नै सामूहिक राजीनामाको तयारी गरेको खबरहरु आइरहेका बेला त्यसलाई बल पुग्नेगरी झाँक्री बोलेकी हुन्।

माधव नेपाल समूहमा रहेकी नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै भनेकी छन्, ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’

झाँक्रीले डुब्नबाट बच्नका लागि किनारा अर्थात समाधान खोज्न अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराएकी छन्।

माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीले वार्ता सम्वाद नगरेमा, फागुन २८ को फिर्ता नलिएमा फ्लोर क्रसदेखि सामूहिक राजीनामासम्मको विकल्पमा जानुपर्ने अवस्था आउने बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell