PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

च्याम्पियन्स लिग: फाइनलको प्रवेशका लागि रियल मड्रिड र चेल्सी भिड्दै



पहिलोपोस्ट

च्याम्पियन्स लिग: फाइनलको प्रवेशका लागि रियल मड्रिड र चेल्सी भिड्दै
Photo: UEFA

युईएफए च्याम्पियन्स लिग अन्तर्गत भरे राति फाइनल प्रवेश गर्ने टोलीको टुंगो हुँदैछ। स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब चेल्सी सेमिफाइनलको दोस्रो लेगमा प्रतिस्पर्धामा उत्रने छन्। पहिलो लेगमा १-१ को बराबरी खेलेका चेल्सी र मड्रिड आज चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा प्रतिस्पर्धा गर्नेछन्।

रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा पाँचौ पटक फाइनलमा पुग्ने लक्ष्यका साथ उत्रने छ। काल्फ इन्जुरीसँग जुधिरहेका मड्रिडका कप्तान सर्जियो रामोस पनि भरेको खेलका लागि फिट भएको बताइएको छ।

‘म कुनै जोखिम लिन चाहन्न। हाम्रो क्याप्टेन हामीसँग छन्। यसको मतलब उनी खेल्न तयार छन्।’ प्रशिक्षक जिदानेले भने।

उता चेल्सीका प्रशिक्षक थोमस टुचालले खेलाडीहरुले आफूमाथि विश्वास गर्नुपर्ने बताए। उनले च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लबलाई पछिल्ला चार अवे गेममा हराउन नसकेको मड्रिडलाई जित्न खेलाडीहरुले आफैलाई विश्वास गर्नुपर्ने बताए।

स्पेनमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा रोकिएको थियो। खेल आज राति १२: ४५ मा सुरु हुनेछ।

गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराउँदै इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। सिटीले पीएसजीमाथि सेमिफाइनलको पहिलो लेगमा २-१ र दोस्रो दोस्रो लेगमा २-० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो।

आजको खेलमा जित निकाल्ने टोलीले मे ९ मा टर्कीको इस्तानबुलमा हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell