PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अवकाशप्राप्त सेनाका स्वास्थ्यकर्मीलाई काममा बोलाउने तयारी



पहिलोपोस्ट

अवकाशप्राप्त सेनाका स्वास्थ्यकर्मीलाई काममा बोलाउने तयारी

काठमाडौं : देशभर कोरोना संक्रमण बढ्दै गएपछि नेपाली सेनाले थप संक्रियता देखाएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनदेखि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा खटिएको सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई  बोलाउने भएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सेनामा रहेर स्वास्थ्य क्षेत्रमा काम गर्ने अवकास स्वास्थ्यकर्मीलाई बोलाउने निर्णय गरेको हो। २०७२ पछि अवकास पाएका स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउन लागेको नेपाली सेनाले जानकारी दिएको छ।

पछिल्लो केही दिनयता देशभर कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेको छ। देशभरका अस्पतालमा संक्रमितलाई राख्ने बेड तथा चेक तथा रेखदेख गर्न स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell