PahiloPost

May 15, 2026 | १ जेठ २०८३

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड १९ संक्रमण भएको छ। गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले बुधवार रिपोर्ट पोजेटिभ आएको जानकारी दिए।

सामान्य टाउको दुखाइपछि आरडिटी परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि पीसीआर परीक्षण गराएका गुरुङमा कोरोना संक्रमण पुष्टि भएको हो।

गुरुङको स्वास्थ्य अवस्था सामान्य छ। उनी आइसोलेसनमा बसेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell