PahiloPost

May 15, 2026 | १ जेठ २०८३

कोरोना संक्रमित कलाकारको लागि लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नै भवनमा आइसोलेसन वार्ड  बनाउने



पहिलोपोस्ट

कोरोना संक्रमित कलाकारको लागि लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नै भवनमा आइसोलेसन वार्ड  बनाउने

काठमाडौंः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो भवनलाई आइसोलेसन वार्ड बनाउने निर्णय गरेको छ।

प्रतिष्ठानको पदाधिकारीहरूको बैठकले देशभर कोरोना संक्रमण बढ्दै गएकाले आइसोलेसन वार्ड अभाव भएको भन्दै भवनमा नै आइसोलेसन वार्ड बनाउने निर्णय गरेको हो। प्रतिष्ठानले बनाएको वार्डमा संक्रमित कलाकारहरुलाई राखिने छ।

'प्रतिष्ठानकै कलाकार साथीहरू पनि संक्रमित हुँदै गइरहेको अवस्था छ। कोठा भाडामा लिएर र परिवारसँग बस्नेलाई सङ्क्रमित हुँदा गाह्रो हुने भएकाले प्रतिष्ठानको भवनमा बस्ने व्यवस्था मिलाएका हौँ।' प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले भने।

प्रतिष्ठानको भवनमा २० जनासम्म बस्न मिल्ने व्यवस्था छ। त्यस्तै खानाको व्यवस्था समेत प्रतिष्ठानले नै गर्ने अध्यक्ष बिजिले जानकारी दिए।

प्रतिष्ठानले रिता थापा मगरको अध्यक्षतामा कोभिड-१९ सहयोग समिति समेत गठन गरिसकेको छ। गत वर्ष त्यही समिति मार्फत राहत सङ्कलन र वितरण गर्ने काम गरेको अध्यक्ष बिजीले सुनाए।

साथै समितिले कोरोना सङ्क्रमित कलाकारलाई आर्थिक रूपमा समेत सहयोग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell