PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

माधव समूहका ‘बिरामी’ सांसद डाँगीको राजीनामा स्वीकृत, माओवादी प्रवेश गर्दा मुख्यमन्त्री पोखरेललाई चुनौती



पूजा पन्थी

माधव समूहका ‘बिरामी’ सांसद डाँगीको राजीनामा स्वीकृत, माओवादी प्रवेश गर्दा मुख्यमन्त्री पोखरेललाई चुनौती

बुटवल : नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीको राजीनामा स्वीकृत भएको छ। लुम्बिनी प्रदेशसभा सचिवालयले बुधवार सूचना जारी गरेर सभामुख समक्ष पेश गरेको डाँगीको लिखित राजीनामा स्वीकृत गर्दै पदमुक्त गरेको हो।

नेपालको संविधानको धारा १८० (क) बमोजिम स्थान रिक्त भएकाले प्रदेशसभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारी लागि सूचना प्रकाशित गरिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिएका छन्।

प्रदेशसभाबाट राजीनामा दिएर उनी माओवादी केन्द्र प्रवेश गरेका छन्। बुधवारै सभामुखलाई बुझाएको राजीनामा पत्रमा उनले विरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्नका लागि भनेर कारण उल्लेख गरेका छन्।

डाँगी माओवादी केन्द्र प्रवेश गरेसँगै राजनीतिक रुपमा मुख्यमन्त्री शंकर पोखरेललाई धक्का लागेको छ। किनकी डाँगी र मुख्यमन्त्री पोखरेलका एउटै गाउँठाउँका नेता हुन्। एकै ठाउँको भए पनि डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर थिए। उनी घोराही उपमहानगरपालिकाका पूर्वमेयर पनि हुन्।

डाँगी पनि ४ दलीय गठबन्धनको पक्षमा लागेको चर्चासँगै मुख्यमन्त्रीको आगामी राजनीतिक यात्रा थप जटिल बनेको आंकलनहरु हुन थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell