PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

विमानस्थलको फरक दृश्य : कोरोना कहरमा देश छाड्नेको लर्को, हतारोमा पालना छैन स्वास्थ्य मापदण्ड

विमानस्थलको फरक दृश्य : कोरोना कहरमा देश छाड्नेको लर्को, हतारोमा पालना छैन स्वास्थ्य मापदण्ड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू छ। कोरोना संक्रमणदर ह्वात्तै बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्दै भीडभाड हुने सबै गतिविधिमा रोक लगाएको छ। यसबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने बुधबार नेपाल छाडेर जानेकोको घुइँचो लाग्यो।

हातमा पासपोर्ट र ब्याग बोकी सयौंको संख्यामा मानिस बाहिरिने लाम लागेका थिए। सरकारले भीडभाड नगर्न आग्रह गरे पनि विमानस्थलको दृश्य भने फरक थियो। मुखमा मास्क त थियो तर भौतिक दूरी कायम हुने अवस्था नै थिएन।

भारत, खाडी मुलुक, युरोप र अमेेरिकी देश जानेहरुको संख्या निकै धेरै थियो। अन्तर्राष्ट्रिय टर्मिनलमा प्रवेश गर्ने गेटमा भीड हुँदा कोही भुइँमै बसेका देखिन्थे भने बाहिर सडकमै। विमान सेवा कति दिनसम्म स्थगित हुने यकिन छैन, त्यसै पर्यटकहरु समेत नेपाल छाडेर जाने हतारोमा देखिए। अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भोलि अन्तिम दिन भएकोले पर्सिपछि बुक भएको टिकटलाई 'प्रिपोन्ड' गरि बाहिरिने पनि लाइनमा थिए। भोलि रातिसम्म उडानको तालिका रहेको विमानस्थलले जनाएको छ। 

सरकारले बिहीबार मध्यरातबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरिएसँगै नेपालबाहिर जानेहरुको संख्या बढेको हो। भोलि एकदिनमात्रै अन्तर्राष्ट्रिय उडान हुने भएको आज विमानस्थल परिसरमा बाहिरिनेको भीड थियो। आज बिहानदेखि २५ भन्दा बढी अन्तर्राष्ट्रिय उडान भएको र अझै उडान बाँकी रहेको जनाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell