PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

पोखरामाथि संघर्षपूर्ण जित निकाल्दै धनगढी शीर्षस्थानमा, प्ले अफमा पनि स्थान सुरक्षित



पहिलोपोस्ट

पोखरामाथि संघर्षपूर्ण जित निकाल्दै धनगढी शीर्षस्थानमा, प्ले अफमा पनि स्थान सुरक्षित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा धनगढी एफसीले पोखरा थण्डर्समाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले १-० को संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफमा प्रतियोगिताकै सर्वाधिक गोलकर्तासमेत रहेका धनगढीका ओलावाले अफिज चोटका कारण मैदानबाट बाहिरिएका थिए। उनको स्थानमा मैदान ३७ औं मिनेटमा प्रवेश गरेका दर्शन गुरुङले खेलमा निर्णायक गोल गरे। गोलरहित बराबरीमा रोकिएको खेलमा गुरुङले ६८ औं मिनेटमा उत्कृष्ट गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए। त्यसपछि अन्तिम समयसम्म दुबै पक्षले गोल गर्न नसक्दा उनको गोल नै निर्णायक बनेको थियो।

जितसँगै धनगढी १० अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। त्यस्तै धनगढी प्लेअफमा पुग्ने पनि पहिलो टोली बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell