PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन : आयोगबाट निर्वाचन कार्यतालिका स्वीकृत



पहिलोपोस्ट

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन : आयोगबाट निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं : निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचनको लागि बुधवार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। लुम्बिनीमा अन्य समूहको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित चन्द्र बहादुर खड्काको रिक्त पद पूर्तिका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने सरकारले घोषणा गरेको थियो।

त्यस्तै, जेठ १७ गते हुने मतदानका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। यसैगरी, प्रदेशको राजधानी दाङको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने गरी आयोगले बुधवार निर्णय समेत गरेको छ।

आयोगले बुधवारदेखि नै उपनिर्वाचन सम्बन्धी कार्यतालिका अनुसार कार्य प्रारम्भ गरेको पनि जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell