PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रदेश प्रमुख पौडेलको अभिव्यक्तिमा तीन दलको आपत्ति, के थियो भनाई?



पहिलोपोस्ट

प्रदेश प्रमुख पौडेलको अभिव्यक्तिमा तीन दलको आपत्ति, के थियो भनाई?

पोखराः गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेलगत्तै दिएको अभिव्यक्तिप्रति तीन दलका नेताले ध्यानाकर्षण जनाएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीले बुधबार वक्तव्य जारी गर्दै पदको मर्यादा विपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।

वक्तव्यमा भनिएको छ, 'माननीय प्रदेश प्रमुखज्यूले नियम, कानुन ऎनको परिधिभित्र अविश्वासको प्रस्ताव निष्क्रिय भएको भनेर दिनुभएको अभिव्यक्ति अत्यन्त भ्रामक, अराजक, आपत्तिजनक र प्रदेश प्रमुख जस्तो पदको मर्यादा विपरीत छ।'

वक्तव्यमा प्रदेश प्रमुखबाट आएको अभिव्यक्ति अस्वभाविक भएको उल्लेख छ।

'प्रतिपक्षको संवैधानिक कार्यबाट अताल्लिएर सत्तापक्षको पक्षपोषण हुनेगरी आएको अभिव्यक्ति अस्वाभाविक र आपत्तिजनक छ। संविधानको कुन धारा उपधाराले, ऎनको कुन दफाले वा नियमावलीको कुन नियमले अविश्वासको प्रस्ताव निष्क्रिय हुने हो? माननीय प्रदेश प्रमुखज्यूबाट अविश्वास प्रस्तावको प्रस्तावकलाई मार्गदर्शन हुने नै छ', वक्तव्यमा उल्लेख छ।

के थियो भनाई?

पौडेलले विचाराधीन अविश्वासको प्रस्ताव मतदानमा पुगिसकेको अवस्थामा रोकिएको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएकी थिइन्। उनले नियम कानुनको परिधिभित्र रहेरै अब निकास दिनुपर्ने पनि बताएकी थिइन्। उनले अविश्वासको प्रस्ताव निष्क्रिय भए सरह रहेको पनि बताएकी थिइन्। 

उनले भनेकी थिइन्, 'अब नियम कानुनको परिधिभित्रै बसेर निकास दिन काम गर्ने हो। नियम अनुसार भन्ने हो भने अब अविश्वास प्रस्ताव निश्क्रिय भएको जस्तो अवस्था छ नि त। छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त? न सरकारलाई दोष दिने ठाउँ छ त्यहाँ। जिम्मेवारी सबै सभामुखले लिनुपर्छ। कसरी निकास दिने हो त्यो सभामुखले नै ल्याउनु पर्‍यो।'

पहिले नै बैठक स्थगित गरेर परामर्श गरेको भए अहिलेको अवस्था नआउने उनको भनाई थियो। अहिले सभामुखको राजीनामा माग्ने अवस्था आएको पनि उनको भनाई थियो। विवाद सहजीकरण गर्न आफूले भूमिका निर्वाह गर्ने पनि उनले बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell