PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भूपू गोर्खा सैनिक गुरुङ बेलायतको स्थानीय मेयरमा निर्वाचित



पहिलोपोस्ट

भूपू गोर्खा सैनिक गुरुङ बेलायतको स्थानीय मेयरमा निर्वाचित

काठमाडौं : भूतपूर्व गोर्खा सैनिक विष्णु बहादुर गुरुङ बेलायतको स्थानीय मेयरमा निर्वाचित भएका छन्। गुरुङ लण्डन बरो अफ हाउन्स्लो काउन्सिलको मेयर पदमा निर्वाचित भएका हुन्।

यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका गुरुङ स्थानीय निर्वाचनमा लेबर पार्टीबाट उम्मेद्वार बनेका थिए। उनी पेशाले बस चालक हुन्।

सन् २०१४ मा उनी पहिलोपटक लण्डन बरो अफ हाउन्स्लो काउन्सिलको ह्यान्वर्थ वार्डमा लेबर पार्टीबाटै काउन्सिलर पदमा निर्वाचित भएका थिए। उनी उक्त काउन्सिलको उपमेयर पदमा पनि सोही वर्ष निर्वाचित भएका थिए।

सन् २०१८ मा ह्यान्वर्थ वार्डको काउन्सिलर पदमा उनी पुनः विजयी भएका थिए। उनले ब्रिगेड अफ गोर्खाजमा लामो समय काम गरेका छन्। उनी गोर्खा नेपलिज कम्युनिटी हाउन्स्लोका संस्थापक अध्यक्ष पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell