PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा



पहिलोपोस्ट

रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले रियल मड्रिडमाथि जित निकालेको छ। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस प्रतिद्वन्दी रियल मड्रिडलाई २-० ले हराउँदै घरेलु टोली चेल्सीले फाइनलमा स्थान सुरक्षित गरेको हो। यसअघि मड्रिडमा सम्पन्न खेलमा १-१ को बराबरी खेलेको चेल्सीले समग्रमा ३-१ ले गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको २८ औं मिनेटमा टिमो वेर्नरको गोलमा अग्रता बनाएको चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा म्यासन माउन्टले क्रिस्टियन पुलिसिचको पासमा गोल गरे। उनले खेलको ८५ औं मिनेटमा गोल गरेका थिए। 

यो सँगै चेल्सीले २९ मे मा इस्तानबुलमा हुने फाइनल खेलमा अर्को इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। सिटीले फ्रेन्च क्लब पीएसजीलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell