PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एनएसएलमा आज दुई खेल, शीर्ष स्थानको होड



पहिलोपोस्ट

एनएसएलमा आज दुई खेल, शीर्ष स्थानको होड
फाइल फोटो

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् भने दोस्रो खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी भिड्ने छन्।

पहिलो खेलमा ललितपुर र बुटवल दिउँसो साढे २ बजे मैदानमा उत्रने छन्। ललितपुरले जारी प्रतियोगितामा एउटा पनि जित निकाल्न सकेको छैन। अघिल्लो खेलमा पराजय ब्यहोरेको बुटवल ५ अंकसहित तालिकाको चौथो स्थानमा छ।

त्यस्तै दोस्रो खेलमा काठमाडौं र विराटनगर भिड्नेछन्। समान ७ अंक जोडेका दुबै टोली शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell