PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वैशाख १५ गते भारतबाट फर्किएका युवकको २२ गते कोरोना पोजेटिभ, भोलिपल्ट क्वारेन्टाइनमै झुण्डिएको अवस्थामा फेला



पहिलोपोस्ट

वैशाख १५ गते भारतबाट फर्किएका युवकको २२ गते कोरोना पोजेटिभ, भोलिपल्ट क्वारेन्टाइनमै झुण्डिएको अवस्थामा फेला
प्रतिकात्मक

काठमाडौं : चितवनमा एक कोभिड १९ संक्रमित युवकले आत्महत्या गरेका छन्। आज बिहान करिब साढे सात बजे चितवन माडी नगरपालिका ३ बस्ने ३५ वर्षीय गोविन्द साहले आत्महत्या गरेका हुन्। साह आफ्नै घरको सुत्ने कोठामा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

झुण्डिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो। साह वैशाख १५ गते भारतबाट चितवन आएको खुलेको छ। चितवन आएपछि उनले २२ गते बघौडा अस्पतालमा कोरोना परीक्षण गराएका थिए। उनको रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बस्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ।

कोरोना ‍पोजेटिभ देखिएपछि उनी छुट्टै घरमा बस्दै आएका थिए। उनका परिवार भने केही पर रहेको घरमा बस्दै आएका थिए।

'उहाँ घर नजिकै रहेको एउटा सानो घरमा बस्दै आउनु भएको थियो। किन उहाँले आत्महत्या गर्नु भयो भन्ने थाहा नै पाइएन। पोजेटिभ देखिएपछि उहाँको स्वास्थ्यमा कुनै समस्या थिएन,' माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी महतोले भनिन्।

उनी आफन्त भेटघाटको लागि भारत गएका थिए। भारतमा आफन्त भएकाले पनि साह भारत आउजाउ गर्ने गरेको खुलेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell