PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ललितपुरमा मात्र निषेधाज्ञा अवज्ञा गर्ने ७७ जनाले तिरे जरिवाना



पहिलोपोस्ट

ललितपुरमा मात्र निषेधाज्ञा अवज्ञा गर्ने ७७ जनाले तिरे जरिवाना

काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप कडा बनाइएको छ।

प्रहरीले यस पटकको निषेधाज्ञामा अवज्ञा गर्नेलाई होल्डिङ सेन्टरमा राख्ने मात्र होइन जरिवाना समेत लिने गरेको छ। अनावश्यकरुपमा हिंड्डुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना लिने गरेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले बुधवार मात्र ७७ जनालाई एक सय रुपैयाँ जरिवाना तिराएको परिसरका एसपी प्रज्वल महर्जनले जानकारी दिए।

संक्रमण रोग ऐन २०२० अनुसार जरिवाना लिएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै १ हजार ५ सय ७० जनालाई होल्डिङ् सेन्टरमा राखिएको हो। त्यस्तै पास नभई र अनावश्यकरुपमा दौडिएका ३ सय २० वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell