PahiloPost

Jun 28, 2024 | १५ असार २०८१

कुन जिल्ला कहिलेसम्म छ निषेधाज्ञा? निषेधाज्ञाको घेराभित्र ५६ जिल्ला



पहिलोपोस्ट

कुन जिल्ला कहिलेसम्म छ निषेधाज्ञा? निषेधाज्ञाको घेराभित्र ५६ जिल्ला

काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरुमा आजबाट थप भएको निषेधाज्ञा जारी छ। स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि एक साताको लागि जारी गरेको निषेधाज्ञा बुधवार रातिबाट सकिएको छ। तर प्रशासनले आजबाट फेरि एक साताको लागि निषेधाज्ञा थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याएको छ।

कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ। वैशाख १६ गतेपछि धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयको आज बिहान १० बजेको रेकर्ड अनुसार निषेधाज्ञा जारी गर्ने जिल्ला ५६ वटा पुगेको छ। बुधवार बिहानसम्म ५२ वटा जिल्लामा निषेधाज्ञा थियो। ४ वटा जिल्लामा थप निषेधाज्ञा गरिएको हो। ४० वटा जिल्लामा देशभर निषेधाज्ञा गरिएको छ। बाँकी जिल्लामा भने आंशिक निषेधाज्ञा गरिएको हो।

निषेधाज्ञा थपिएका जिल्लाहरुमा इलाम, धनकुटा, सिन्धुपाल्चोक र दोलखा रहेका छन्। इलाममा २२ गते रातिबाट वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाइएको छ। त्यस्तै, सिन्धुपाल्चोकको केही स्थानमा आज बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ। दोलखा र धनकुटामा २२ गते रातिबाट निषेधाज्ञा लगाइएको हो।

बाँके, सुर्खेत,कास्की, कैलाली, पर्सा, सुनसरी, कञ्चनपुरमा पहिलो पटक जारी भएको निषेधाज्ञा थप गरिएको छ। पछिल्लो समय कोरोनाले भयावह रहेको बाँके जिल्लामा सबैभन्दा पहिले निषेधाज्ञा लगाइएको थियो। वैशाख १३ गतेदेखि लगाइएको निषेधाज्ञा थप गरेर वैशाख २७ गते राति १२ बजेसम्म पुर्‍याइएको छ।

आजबाट निषेधाज्ञा जारी भएको बारा र सिराहमा अर्को आदेश नआएसम्मलाई निषेधाज्ञा गरिएको छ। अहिले स्थानीय प्रशासन कार्यालयलाई नै निषेधाज्ञा गर्न मन्त्रिपरिषद्ले अधिकार दिइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell