PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१० दिनमा ७७ जनाको मृत्यु, कोभिड १९ को तथ्यांकमा सुदुरपश्चिम : ४७३९ सक्रिय संक्रमित



एम बम

१० दिनमा ७७ जनाको मृत्यु, कोभिड १९ को तथ्यांकमा सुदुरपश्चिम : ४७३९ सक्रिय संक्रमित

कैलाली : सुदूर पश्चिम प्रदेशमा हालसम्म १ लाख ७५ हजार ९ सय ५० जनाको कोरोना परीक्षण गर्दा संक्रमितको सङ्ख्या २० हजार ८४६ पुगेको छ। हालसम्म कोरोना सङ्क्रमणबाट प्रदेशमा १ सय ४५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। जुन कूल संक्रमितको ०.७ प्रतिशत हो। संक्रमण पुष्टि भएकामध्ये हालसम्म ७६.६ प्रतिशत संक्रमित संक्रमणमुक्त भइसकेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

कुन जिल्लामा कति सक्रिय संक्रमित?

कूल संक्रमण पुष्टि भएकामध्ये हाल सुदुरपश्चिम प्रदेशमा चार हजार ७३९ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये सबैभन्दा बढी कैलालीमा रहेका छन्। प्रदेशको कूल सक्रिय संक्रमित मध्ये ४५.४५ प्रतिशत सक्रिय संक्रमित कैलालीमा रहेका छन्।

कैलालीमा दुई हजार १५४ सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, कञ्चनपुरमा ९७३ सक्रिय संक्रमित रहेका छन् भने पहाडी जिल्लाहरूमा सबैभन्दा बढी बैतडीमा ३२२, डोटीमा २९२, अछाममा २८९, बझाङमा २८६, डडेल्धुरामा १९१, दार्चुलामा ११६ र बाजुरामा १६ सक्रिय संक्रमित रहेका छन्।

१४५ मृत्यु, कैलालीमा मात्र ६३ जना

मृत्यु हुनेको सङ्ख्या पनि कैलालीमा सबैभन्दा बढी रहेको छ। कैलालीमा कोरोना सङ्क्रमणबाट हालसम्म ६३ जनाको मृत्यु भएको छ। कञ्चनपुरमा ४५ जनाको, अछाम र बझाङमा सामान ८, बैतडीमा ७, डडेल्धुरामा ५, दार्चुला र बाजुरामा समान ३ र डोटीमा २ जनाको मृत्यु भएको छ।

पछिल्लो १० दिनमा ७७ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा मृत्युदर पछिल्लो एक सातामै ह्वात्तै बढेको छ। प्रदेशमा भएको कूल मृत्युको ५३.१ प्रतिशतमात्र पछिल्लो १० दिनमा भएको छ। प्रदेशमा हालसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १४५ छ। जुन पछिल्‍लो १० दिनमा मात्र ७७ जनाको मृत्यु भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार वैशाख १३ गतेसम्म प्रदेशमा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। त्यो सङ्ख्या बिहीवारसम्म बढेर १४५ पुगेको छ। पछिल्लो १० दिनमा कैलालीमा ३० जनाको मृत्यु भएको छ। भने कञ्चनपुरमा २८ जनाको मृत्यु भएको छ।

कुन जिल्लामा कति संक्रमित?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell