PahiloPost

May 15, 2026 | १ जेठ २०८३

वीरगंजका संक्रमितका लागि सय बेडको आइसोलेशन तयार



पहिलोपोस्ट

वीरगंजका संक्रमितका लागि सय बेडको आइसोलेशन तयार

वीरगंज : प्रदेश २ को एक मात्र वीरगंज महानगरपालिकाले सय बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ।

केन्द्र सरकारले हरेक पालिकाले आफनो आफनो छुटाछुटै आइसोलेशन बनाउनुपर्ने निर्देशन दिएपछि वीरगंजका मेयर विजयकुमार सरावगीको सक्रियतामा वीरगंज घडिअर्वापोखरी नजिकै गोपालमण्डलीमा सय वेडको आइसोलेशन निर्माण गर्ने काम पुरा भएको हो।

‘करिब सय जना संक्रमितको लागि आइसोलेशन शुक्रवारदेखि सञ्चालनमा आउँदै छ,’ वीरगंजका मेयर सरावगीले भने, ‘एक जनालाई दिनको ३ हजार खर्च सबै निशुल्क हुनेछ, संक्रमितले खाना, नास्ता, औषधि, अक्सिजनलगायतको सुविधा पाउनेछन्।’

यदि ९० भन्दा अक्सिजन लेभल कम भयो भने नारायणी अस्पताल पठाइने छ। आइसोलेशनमा २४ घण्टा स्वास्थ्यकर्मीहरुको निगरानी रहने बताइएको छ। आइसोलेशनमा वीरगंज महानगरका ३२ वटा वडाका मात्र बासिन्दाले लाभ लिन सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell