PahiloPost

May 15, 2026 | १ जेठ २०८३

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा



पहिलोपोस्ट

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शितल निवास पुगेका छन्।

आझ बिहान प्रधानमन्त्री निवास बालुवाटरमा स्थायी कमिटीको बैंठक सकेलगत्तै उनी शितल निवास पुगेका हुन्। प्रधानमन्त्री ओलीले सोमवार विश्वासको मत लिँदैछन्। त्यसैले पछिल्लो केही दिनयता प्रधानमन्त्रीले राजनतिक दलहका नेताहरुसँग भेटघाट तीब्र बनाएका हुन्। बुधवार प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। प्रधानमन्त्री ओलीले सभापति देउवासंग आफूलाई सहयोग गर्न अनुरोध गरेका थिए।

आज साँझ ५ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद् बैठक अघि र स्थायी कमिटीको बैंठकपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटलाई चासोका साथ हेरिएको छ। स्थायी कमिटी बैठकमा राष्ट्रिय सभाको उप-निर्वाचन बारे छलफल भए पनि कुनै ठोस निर्णय भने नभएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताएका छन्। 

प्रधानमन्त्रीले राष्ट्रपतिलाई किन भेटे भन्ने खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell