PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्वास्थ्य मन्त्रालयको अनुरोध लत्याए व्यवसायीले, मानिस बचाउन चाहिने अक्सिजन उद्योगतिर सप्लाइ!



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयको अनुरोध लत्याए व्यवसायीले, मानिस बचाउन चाहिने अक्सिजन उद्योगतिर सप्लाइ!

काठमाडौे : स्वास्थ्य मन्त्रालयले अक्सिजन ग्यास उद्योगीहरुले सरकारको निर्णय नमानेको आरोप लगाएको छ। सरकारले देशभर कोभिड १९ संक्रमणको कारण अक्सिजन अभाव हुने भएकाले उद्योगधन्दामा अक्सिजन प्रयोग नगर्न भनेको थियो। तर, अहिले पनि ठूलो परिमाणमा उद्योगधन्दामा अक्सिजन प्रयोग भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दावी गरेको छ।

बिहीवार विज्ञप्ति जारी गर्दै उद्योगीहरुले सरकारको निर्णयको अवज्ञा गरेको बताएको हो। त्यस्तै ठूलो सङ्ख्यामा अक्सिजन सिलिण्डरहरु खाली रहने र भरेर राख्ने गरेको समेत पाइएको छ। मन्त्रालयले त्यस्ता सिलिण्डरहरु अस्पताललाई उपलव्ध गराउन निर्देशन दिएको थियो।

सरकारको निर्णयको अवज्ञा गरेमा संक्रमण ऐन २०२० अनुसार कारबाही गर्न स्थानीय प्रशासनलाई अनुरोध गरेको छ। पछिल्लो समय देशभर कोरोना संक्रमितको सङ्ख्या थपिँदै जाँदा अस्पतालमा अक्सिजन अभाव हुन थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell