PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

घुम्तीमा नआउ है... नफर्किने गरी गए प्रेमध्वज प्रधान, थियो नसाको समस्या



पहिलोपोस्ट

घुम्तीमा नआउ है... नफर्किने गरी गए प्रेमध्वज प्रधान, थियो नसाको समस्या

काठमाडौं : वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानको निधन भएको छ। न्यूरो तथा जेनरल अस्पतालमा उपचाररत् उनको बिहीवार मृत्यु भएको संगीतकर्मी लक्ष्मण शेषले पुष्टि गरे।

'केही समयदेखि नसा सम्बन्धि समस्या थियो उहाँमा। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचार भइरहेको थियो। कोरोना संक्रमण पुष्टि भएको थिएन,' शेषले पहिलोपोस्टसँगको कुुराकानीमा भने, 'परिवारबाट मलाई खबर आयो। अन्त्येष्टि लगायत विषयका बारेमा केहीबेरमा थाहा हुन्छ।'

८४ वर्षीय प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार अस्पताल पुर्‍याइएको थियो।

‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’, ‘यो नानीको शिरैमा’ जस्ता गीत गाएका प्रेमध्वज प्रधानले झण्डै एक दशकपछि सन् २०१६ मा 'ती आँखामा' बोलको गीत गाउँदै सांंगीतिक क्षेत्रमा फर्किएका थिए। 

उनको जन्म वि.सं.१९९४ सालको असारमा सिन्धुपाल्चोक, चौतारामा भएको हो। शास्त्रीय सङ्गीतमा रुचि राख्ने जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधानको प्रभावका कारण आफू गायनतर्फ आकर्षित बताउँथे उनी। उनकी आमा प्राणदेवीले पनि दरबारमा उस्तादहरूबाट शास्त्रीय संगीतको तालिम लिएकी थिइन्।

विभिन्न अन्तर्वाताहरूमा आफूले संगीतको कखरा आमाबाटै सिकेको बताएका छन् प्रधानले। २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर उत्तीर्ण भएपछि उनको औपचारिक गायन यात्रा सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell