PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन, अष्टलक्ष्मी शाक्य पनि सदस्य



निशा गुरुङ

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा एमाले बागमती प्रदेशको संसदीय बोर्ड गठन, अष्टलक्ष्मी शाक्य पनि सदस्य

हेटौंडा : नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ।

दलको विधान २०७७ को दफा १७ बमोजिम दलका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो।

बोर्डको सदस्यमा प्रमुख सचेतक दीपक निरौला (पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बिजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन्।

बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यबस्था छ। हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell