PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

एनएसएल: ललितपुरको पहिलो जित



पहिलोपोस्ट

एनएसएल: ललितपुरको पहिलो जित

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुरले बुटवलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। जारी प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो। जितसँगै ललितपुरले प्लेअफमा पुग्ने आशा जिवितै राखेको छ।

ललितपुरको जितमा नुर्लान जाहिदले निर्णायक गोल गरे। उनले खेलको छैठौं मिनेटमै गरेको गोल ललितपुरको जितका लागि निर्णायक बन्यो।

जितसँगै ५ खेलबाट ६ अंक जोडेको ललितपुर तालिकाको चौथो स्थानमा उक्लिएको छ।

आजै हुने दोस्रो खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी शीर्ष स्थानमा उक्लने लक्ष्यका साथ मैदान उत्रने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell