PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्म ‘राधे’को कमाइको एक हिस्सा कोरोनाविरुद्ध लड्न सहयोग गर्ने घोषणा



पहिलोपोस्ट

फिल्म ‘राधे’को कमाइको एक हिस्सा कोरोनाविरुद्ध लड्न सहयोग गर्ने घोषणा

कोरोना महामारीबीच सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ १३ मे इदमा रिलिज हुँदै छ। फिल्म निर्माताहरुले फिल्मले कमाएको आम्दानीको एक हिस्सा कोरोना भाइरस महामारीको विरुद्ध लड्नको लागि सहयोग गर्ने घोषणा गरेका छन्।

यसको लागि फिल्म टिमले ‘गिभ इन इन्डिया’ सँग समन्वय गरेको छ। जुन संस्थामार्फत अन्य बलिउड कलाकारहरुले समेत कोरोना महामारीको लागि आर्थिक सहयोग गरिरहेका छन्।

फिल्म ‘राधे’ सलमान खान फिल्म्स र जी इंटरटेनमेन्ट इंटरप्राइजेजद्वारा निर्माण गरिएको हो। राधे फिल्म हलका साथै जिप्लेक्स, जी५ र डीटीएच प्लेटफर्महरूमा पैसा भुक्तान गरी हेर्न सकिने व्यवस्था गरिएको छ।

टिकट र ओटीटी प्लेटफर्मबाट हुने आम्दानी कोरोना नियन्त्रण लागि सहयोग गर्ने फिल्म टिमले जानकारी दिएको छ।

कोरोना कालमा फिल्मको रिलिजबारे सलमान खान फिल्म्सका प्रवक्ताले भनेका थिए, ‘सकिएको फिल्मको रिलिज मिति रोक्नाले कुनै पनि हालतमा मद्दत गर्न सक्दैन, तर हाम्रो कमाई महामारीसँग लड्न प्रयोग गर्नु सही र व्यावहारिक छ। राधेको ओटीटी रिलिजले हामीलाई यो अत्यन्त कठिन समयमा अझ बढी योगदान पुर्‍याउन सहयोग गर्नेछ।’

फिल्ममा सलमानका साथै दिशा पटानी, रणदीप हूडा, ज्याकी श्राफको पनि मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell