PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

एकैदिन ९०७० जनामा कोभिड १९ संक्रमण, ५४ जनाको मृत्यु



पहिलोपोस्ट

एकैदिन ९०७० जनामा कोभिड १९ संक्रमण, ५४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार ७० जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९७० जनामा संक्रमण देखिएको छ। यस्तै,  ७७५ जनामा एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको छ।

यस्तै, एकैदिन ५४ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनयता संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड पार गर्दै आइरहेको छ। सँगै मृतकको संख्यापनि ५० नाघिरहेको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या  ७२ हजार ५६१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell