PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गण्डकी प्रदेशसभा वैशाख २७ मा बस्ने, अविश्वास प्रस्तावमाथिको छलफलमा कोरोना संक्रमित मुख्यमन्त्रीले भाग लेलान?



पहिलोपोस्ट

गण्डकी प्रदेशसभा वैशाख २७ मा बस्ने, अविश्वास प्रस्तावमाथिको छलफलमा कोरोना संक्रमित मुख्यमन्त्रीले भाग लेलान?

पोखरा : गण्डकी प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ। वैशाख १५ देखि अनिश्चित बनेको प्रदेशसभा बैठक २७ गते सोमबार बिहान ११ बजे बस्ने भएको हो। बिहीवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले २७ गते प्रदेशसभा बस्ने निर्णय गरेको हो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गर्दै बैशाख १३ मा विशेष अधिवेशन शुरु भएको थियो। बैशाख १५ गते मतदानका दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि संसद स्थगित भएको थियो।

बैठक सुचारू भए पनि प्रदेशसभाका ५ सांसद र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना देखिएको छ। तर कार्यव्यवस्था परामर्श समिति सदस्य सांसद कुमार खड्काका अनुसार कोभिड भएका सांसदहरुलाई सभामा बेग्लै बस्ने स्थानको व्यवस्था गरिनेछ। उनका अनुसार मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव प्रक्रिया अगाडि बढ्नेछ।

त्यसैगरी सदनमा मुख्यमन्त्री गुरुङले जवाफ दिने कार्यसूची रहेको छ। तर मुख्यमन्त्री कोरोना संक्रमित रहेकाले उनको अनुपस्थितमा एक मन्त्रीलाई अख्तियारी दिएर बोल्न दिइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell