PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दिवङ्गत वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानप्रति मदनकृष्ण श्रेष्ठको श्रद्धाञ्जली, ‘कसैको आँखामा पनि नबिझाउने मान्छे’



पहिलोपोस्ट

दिवङ्गत वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानप्रति मदनकृष्ण श्रेष्ठको श्रद्धाञ्जली, ‘कसैको आँखामा पनि नबिझाउने मान्छे’

काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठले दिवङ्गत वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। श्रेष्ठले फेसबुकमा भावुक पोष्ट गर्दै संगीतकर्मी प्रधानप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन्।

न्यूरो तथा जेनरल अस्पतालमा उपचाररत् संगीतकर्मी प्रधानको बिहीवार मृत्यु भएको हो। ८४ वर्षीय प्रधानको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार अस्पताल पुर्‍याइएको थियो।

श्रेष्ठले विगत सम्झँदै २०२६ सालमा कवि दुर्गालालको शब्दलाई प्रधानको संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भई गीत संगीतको क्षेत्रमा पाईला अगाडि बढाएको बताए।

उनको सामिप्यतामा बस्न पाएकोमा आफूलाई भाग्यमानी सम्झेको श्रेष्ठले उल्लेख गरेका छ।

श्रेष्ठले फेसबुकमा लेखेका छन् :

हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई,
हार्दिक श्रद्धाञ्जली छ तिमीलाई,

२०२६ सालमा कवि दुर्गालाल दाईको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाईला अगाडि बढाएको थिएँ मैले।

कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी।
मनमा मानवता भएको व्यक्ति तिमी

कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी।

मैले आफ्नु जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफूलाई पनि भाग्यमानी सम्झेको छु

म फेरि मेडीसिटि हस्पिटलमा भर्ना भएको छु। कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ।

चाँडै निको हुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमीलाई भेट्न आउने सोँचाईमा थिएँ

तर, तिमीले त हामी सबैलाई छोडेर पो गईसकेको रहेछौ...!!! मैले मेरा आँसुका धारा थाम्न सकिनँ दाई।

‘गोरेटो त्यो गाउँको लौन आज’ भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुञ्जिरहेको छ।

माईती घरको ‘नमान लाज यस्तरी कि झुम्छ जिन्दगी मेरो’ गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेको छ।

‘घुम्तीमा नआउ है आँखा तिमी जुधाउन’ भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकि रह्यो र...

तिम्रो आत्मालाई चिर शान्ति मिलोस्।
हार्दिक श्रद्धाञ्जली छ है दाई

तिमीलाई माया गर्ने तिम्रो प्यारो भाई उहि मदनकृष्ण श्रेष्ठ -

 

हाई मेरो प्यारो प्रेमध्वज प्रधानदाई, हार्दिक श्रध्दाञ्जलि छ तिमीलाई, 2026 सालमा कबि दुर्गालाल दाईको शब्दलाई तिम्रै...

Gepostet von Madan Krishna Shrestha am Donnerstag, 6. Mai 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell