PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

माधव नेपालको राजनीतिक सक्रियता, विशेष अधिवेशनबारे राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवासँग परामर्श



पहिलोपोस्ट

माधव नेपालको राजनीतिक सक्रियता, विशेष अधिवेशनबारे राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवासँग परामर्श

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन भन्दै प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरेपछि कोरोना कहरबीच राजनीतिक भेटवार्ता बाक्लिएका छन्। सत्तापक्ष र प्रतिपक्षका नेताहरु आफ्ना आफ्ना सम्भावित गठबन्धनका विषयमा भेटवार्तामा छन्। सत्तापक्षका नेताहरु समेत प्रतिपक्षको दैलोमा पुगिरहेका छन्। 

यसै सिलसिलामा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। देउवा निवासमा नै पुगेर नेपालले भेट गरेका हुन्। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले दुई नेताबीच भेटवार्ता भएको र अविश्वासको प्रस्तावबारे कसरी अघि बढ्ने भन्नेमा परामर्श भएको बताए। 

बुधबार प्रधानमन्त्री ओलीसहितका नेताहरु बुढानिलकण्ठ देउवा निवास पुगेका थिए। जहाँ विश्वासको मतका लागि सहयोग गर्न आग्रह गरेका थिए। देउवाले ओलीलाई प्रस्तावमा सहयोग गर्न नसक्ने बताएका थिए। 

देउवासँगको भेटवार्तापछि नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिइ। दुई घण्टाभन्दा बढी समय नेपालले राष्ट्रपति भण्डारीसँग कुराकानी गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell