PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वीरगंजमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, थपिए १५१ जना नयाँ संक्रमित



पहिलोपोस्ट

वीरगंजमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, थपिए १५१ जना नयाँ संक्रमित

वीरगंज : वीरगंजमा थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। नारायणी अस्पतालमा ४ जनाको मृत्यु भएको छ भने एडभान्स अस्पताल र नारायणी वयोधा अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ।

चैत ३१ देखि हालसम्म वीरगंजमा ४९ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा पर्साका ३ र रौतहटका ३ गरी कुल ५ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा वीरगंज-४ विर्ताका ७० वर्षीय र वीरगंज-१० का ८२ वर्षीय पुरुष तथा रौतहटको गौर नगरपालिका-२ का ५४ वर्षीय पुरुष रहेका छन्। बैशाख १९ गते भर्ना भएका वीरगंज-४ का संक्रमित बुधवार राति ११:३५ बजेको समयमा श्वासप्रश्वासमा समस्या आएपछि उनको मत्यु भएको थियो। बैशाख २१ गते भर्ना भएका गौरका संक्रमितको बिहीवार बिहान ५ बजे मृत्यु भएको अस्पतालका कोभिड फोलक पर्सन डा सरोजरोशन दासले जानकारी दिए।

अस्पताल आएकै दिन बिरामीको एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएका थिए। कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा शरीरमा अक्सिजनको मात्रा कायम हुन नसकेर मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन दासले बताए।

रौतहटका संक्रमितमा कुनै दीर्घ रोग थिएन भने वीरगंज-४ का संक्रमित पहिल्यैदेखि श्वासप्रश्वास सम्बन्धी रोगले पीडित थिए।

बिहीवार नै अस्पताल भर्ना भएका वीरगंज-१० का पुरुषको बिहीवार ५:५४ वजे मृत्यु भएको थियो। उनको बिहीवार एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

त्यस्तै, वीरगंज-१४ पिपराकी ६० वर्षीया महिला संक्रमितको मृत्यु भएको छ। १९ गते पीसीआर पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी, रौतहटका दुई जना संक्रमितको उपचारको क्रममा बिहीवार बिहान नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष रहेका छन् भने फत्तेपुर-६ का ६० वर्षीया महिला रहेकी छिन्।

फत्तेपुरकी महिलालाई बुधवार अस्पताल भर्ना गरी एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएको थियो भने बिहीवार बिहान ११ बजे मृत्यु भएको थियो। विजयपुरका पुरुषलाई बिहीवार बिहान ५ बजे अस्पताल भर्ना गरिएकोमा बिहान ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ। दुवैको मृत्यु कोभिड निमोनियाको कारण दुवै फोक्सा खराब भएर श्वासप्रश्वासमा समस्या आउँदा भएको जनाइएको छ।

योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३६ पुगेको छ भने वीरगंजको विभिन्न अस्पतालमा मृत्यु हुने्को सख्या ४९ पुगेको छ। अन्य ११ जना विभिन्न अस्पतालमा मृत्यु हुनेमा ६ जना नारायणी बयोधा अस्पताल गण्डकमा, ५ जना नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा र एक जना गण्डक हस्पिटलमा मृत्यु भएको छ। नारायणीमा मृत्यु हुने ३६ जना मध्ये २३ जना पर्साका, बाराका ६, रौतहटका ५ र सर्लाहीका २ जना छन्।

१५१ जना नयाँ संक्रमित थपिए

वीरगंजमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट १५१ जना नयाँ संक्रमित थपिएका छन्। १९२ जनामध्ये १३२ जनाको पीसीआर माध्यमबाट र १९ जनाको एन्टिजेन विधिबाट गरी कुल १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताललले जनाएको छ। जसमा ९५ पुरुष र ५६ महिला रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell