PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

रोमासँग दोस्रो लेगमा पराजित म्यानचेस्टर युनाइटेड फाइनलमा



पहिलोपोस्ट

रोमासँग दोस्रो लेगमा पराजित म्यानचेस्टर युनाइटेड फाइनलमा
Photo: UEFA

युईएफए युरोपा लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड इटालियन क्लब रोमासँग पराजित भएको छ। स्टेडियो ओलम्पिकोमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा युनाइटेड ३-२ ले हार ब्यहोरेको हो। हारको बावजुत पहिलो लेगमा ६-२ को जित निकालेको युनाइटेडले समग्रमा ८-५ गोलअन्तरले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको ३९ औं मिनेटमा गोल गर्दै एन्डिन्सन काभानीले गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा युनाइटेड एक गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीका इडिन जेकोले खेल बराबरीमा ल्याए। उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए। त्यसको तीन मिनेट नबित्दै रोमाकै ब्रयान क्रिस्टान्टेले गोल थप्दै अग्रता दिलाए। उता युनाइटेडका काभानीले नै ६८ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर ८३ औं मिनेटमै युनाइटेडकै एलेक्स टेलेसले आत्मघाती गोल गरे। र, रोमाले ३-२ गोलअन्तरले जित निकाल्यो।

युनाइटेडले मे २७ मा पोल्याण्डमा हुने फाइनलमा स्पेनिस क्लब भिल्ला रियलको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell