PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आर्सनललाई हराउँदै भिल्लारियल फाइनलमा



पहिलोपोस्ट

आर्सनललाई हराउँदै भिल्लारियल फाइनलमा
Photo: UEFA

युईएफए युरोपा लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब आर्सनल र स्पेनिस क्लब भिल्लारियल बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा गोलरहित बराबरीमा रोकिएसँगै समग्रमा २-१ ले जित निकाल्दै भिल्लारियल फाइनल प्रवेश गरेको हो। सेमिफाइनलको पहिलो लेगको खेलमा भिल्ला रियलले २-१ गोलअन्तरले जित निकालेको थियो।

योसँगै भिल्लारियल मुख्य युरोपियन कपको फाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो। यसअघि युईएफए कप/युरोपा लिगको २००४/२००४, २०१०/२०११ र २०१५/२०१६ मा सेमिफाइनलबाट बाहिरिएको थियो भने २००५/२००६ को च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो।

भिल्लारियलले मे २७ मा पोल्याण्डमा हुने फाइनलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell