PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

भारतमा थपिए ४ लाख १४ हजार भन्दा बढी संक्रमित, एकै दिन गयो ३ हजार ९ सय १५ जनाको ज्यान



पहिलोपोस्ट

भारतमा थपिए ४ लाख १४ हजार भन्दा बढी संक्रमित, एकै दिन गयो ३ हजार ९ सय १५ जनाको ज्यान

गएको २४ घन्टामा भारमा थप ४ लाख १४ हजार १ सय ८८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस अवधिमा भारतमा मृत्यु हुने संक्रमितको संख्या ३ लाख ९ हजार १५ रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै एएनआईले जनाएको छ।

संक्रमितसँग २४ घन्टामा ठीक हुने संक्रमितको संख्या ३ लाख ३१ हजार ५ सय ७ रहेको छ। यससँगै भारतमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या २ करोड १४ लाख ९१ हजार ५ सय ९८ पुगेको छ। साथै ठीक हुनेको संख्या १ करोड ७६ लाख १२ हजार ३ सय ५१ रहेको छ। भारतमा अहिले एक्टिभ केस ३६ लाख ४५ हजार १ सय ६४ रहेको छ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणकै बिच मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ८३ पुगेको छ। भारतमा १६ करोड ४९ लाख ७३ हजार ५८ जनाले कोभिड १९ विरुद्धको खोप लगाइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिका पछि भारत सबैभन्दा बढी कोभिड १९ को प्रभाव परेको मुलुकमा पर्छ। अमेरिकमा अहिलेसम्म ३ करोड ३३ लाख भन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने मर्नेको संख्या पनि ६ लाख नजिक पुगिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell